ग्लोबल


टर्कीपछि पाकिस्तानका प्रधानमन्त्री पुगे इरान

टर्कीपछि पाकिस्तानका प्रधानमन्त्री पुगे इरान

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ सोमबार इरानको तेहरानस्थित मेहराबाद विमानस्थलमा पुग्दा।


नेपालखबर
जेठ १२, २०८२ सोमबार १९:४३, काठमाडौँ

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ टर्कीको भ्रमण सकेर सोमबार इरान पुगेका छन्।

इरानको राजधानी तेहरान पुगेका उनले त्यहाँ इरानको शीर्ष नेतासँग भेटवार्ता गर्नेछन्। 

शहबाज शरिफको टर्की भ्रमणको उद्देश्य त्यहाँका जनता र विशेष गरी राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई हालैको भारत-पाकिस्तान तनावका बेला गरेको समर्थनका लागि धन्यवाद दिनु थियो।

अहिले शहबाज शरिफ इरानमा छन्। भारत-पाकिस्तान विवाद समाधान गर्ने प्रयास गर्ने देशहरूमा इरान पनि पर्छ। 

यसैबीच पाकिस्तान सरकारले पूर्व विदेशमन्त्री तथा पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल लन्डन, वासिङ्टन र ब्रसेल्स पठाउने संकेत गरेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार यो प्रतिनिधिमण्डलले 'विश्वव्यापी स्तरमा भारतको प्रचार र कुरूप षड्यन्त्रहरूको पर्दाफास गर्नेछ।'

अर्कातर्फ भारत सरकारले यस सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा व्यापक कूटनीतिक अभियान चलाइरहेको छ। 

यसका लागि भारत सरकारले अमेरिका, युरोप, अफ्रिका र मध्यपूर्वका देशहरूमा संसदीय प्रतिनिधिमण्डल पठाउँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad