समाज


नाम्खामा हिमपहिरो: ५३५० मिटर माथि भेटियो अर्को ताल

सरकारी प्राविधिक टोली ३ वटा हिमताल भएको स्थानमै पुग्यो
नाम्खामा हिमपहिरो:  ५३५० मिटर माथि भेटियो अर्को ताल

नेपालखबर
जेठ १२, २०८२ सोमबार ११:५५, काठमाडौँ

हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गत साता आएको बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोलीले पाँच हजार तीन सय ५० मिटरमा रहेको हिमताल भएको स्थानसम्मै पुगेर अध्ययन गरेको छ। 

यसअघि दुईवटा हिमताल देखिएको स्थानमा थप एउटा हिम ताल भेटिएको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

अध्ययन टोलीमा प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी सहभागी थिए। 

पाँच हजार तीन सय ५० मिटर उचाइमा अर्काे ताल भेटिएकाे जनाए पनि सरकारी टाेलीले बाढीपहिराे आउनुकाे निष्कर्ष भने सार्वजनिक गरेकाे छैन।

यही जेठ १ गते राति बाढी र सुख्खा पहिरोका जाँदा नाम्खा गाउँपालिका-६ का १८ परिवारका ३२ जना विस्थापित भएका छन्।

बाढीपहिरो प्रभावित अहिले पनि त्रिपाल टाँगेर बसेका छन्। करिब पाँच हजार ३०० मिटरमाथिका दुई वटा हिमपोखरीबाट बगेको पानीले बाढीको रुप धारण गरेको टोलीमा सहभागी सदस्यले बताएका छन्। 

यसअघि स्थानीय आफैँ पोखरीसम्म पुगेर बाढी आउनुका कारण पत्ता लगाउने प्रयास गरेका थिए। तर पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ। 

हेर्नुहाेस् थप तस्बिर 

तस्बिर: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad