ad ad

समाज


चीनले अमेरिकी राज्य न्युयोर्कलाई हजार थान भेन्टिलेटर सहयोग गर्ने

चीनले अमेरिकी राज्य न्युयोर्कलाई हजार थान भेन्टिलेटर सहयोग गर्ने

नेपालखबर
चैत २३, २०७६ आइतबार ९:५,

अमेरिकाको न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोनाभाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि एक हजार थान भेन्टिलेटर पठाउन लागेको बताएका छन्।

उक्त भेन्टिलेटर चीनले सहयोग स्वरुप पठाएका हुन्। गभर्नर कुमोले संकटको यस समयमा चीन सरकारको सदासयताका लागि धन्यवाद दिँदै चीनले प्रदान गर्न लागेका भेन्टिलेटर अमेरिकाको केनेडी विमानस्थलमा केही समयमै आइपुग्ने जानकारी दिए।

अमेरिकाका विभिन्न राज्यमा कोरोनाभाइरसको संक्रमण रहेको भन्दै अमेरिकामै यी सामान तत्काल प्राप्त गर्न कठिनाई भएको पनि उनले बताए।

“हामी सबै एउटै युद्धमा छौं। सबैले भाइरसको प्रसार रोक्ने एकमात्र उद्देश्य राखेका छौं” कुमोले भने। उनले ओरेगन राज्यले पनि न्यूयोर्कका लागि १४० थान भेन्टिलेटर पठाउने वचन दिएको बताए। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .