ad ad

कारोबार


एनआईसी एसिया बैंकको वेब च्याटबट : जसले ग्राहकको समस्या तुरुन्तै समाधान गर्छ

एनआईसी एसिया बैंकको वेब च्याटबट : जसले ग्राहकको समस्या तुरुन्तै समाधान गर्छ

नेपालखबर
चैत २३, २०७६ आइतबार ८:५९,

काठमाडौंस्थित गोठाटारका ३० वर्षीय अच्युत सापकोटा एक मार्टमा काम गर्छन्। उनलाई प्रायःजसो मोबाइल बैंकिङमार्फत कारोबार गर्ने बानी भइसक्यो।

एनआईसी एसिया बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट उनी मोबाइल बैंकिङको प्रयोग गरिरहन्छन्। मोबाइल रिचार्ज, खानेपानीको बिल लगायत भुक्तानीका लागि अहिले मोबाइल बैंकिङले सामान्यजस्तो बनाइसकेको सापकोटाको अनुभव छ।

तर केही दिनअघि उनले एउटा समस्या भोग्नुपर्‍यो। उनको मोबाइल बैंकिङ एप (एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ्ग एप)को नवीकरण गर्नुपर्ने भयो।

यसले उनमा साह्रै छटपटी भइरह्यो। ‘मोबाइल बैंकिङमा यस्तो लत बसिसकेछ कि त्यो सुचारु नहुँदा छटपटी महसुस भयो’, उनी सम्झिन्छन्। साथीभाइहरूसँग कुरा बुझ्दा उनले खाता खोलेकै शाखा जानुपर्ने सुने। यसका लागि उनी थापाथलीस्थित कर्पोरेट शाखामा जानुपर्ने भयो। तर यति कामका लागि बैंक नै पुग्न त नपर्ला कि भन्ने सोचे।

यत्तिकैमा उनले गुगलमा एनआईसी एसिया बैंक टाइप गरे। त्यसको केही क्षणमै बैंकको वेबसाइट खोले।

‘त्यसपछि भित्र खोल्दा तल दायाँतिर रहेको च्याटबट आफैँ खुल्यो। मैले मेरो कुरा त्यहाँ राखेपछि तत्काल प्रतिक्रिया आयो। यसरी मैले त्यहाँ आफ्नो समस्या राखेँ’, सापकोटाले भने, ‘च्याटबटबाट पाएको एउटा सम्पर्क नम्बरका आधारमा मेरो मोबाइल बैंकिङ एप चल्न थाल्यो।

जसले गर्दा अहिले एपमार्फत बैंकिङको आनन्द लिन थालिसकेको छु।’ वेबसाइटमा रहेको च्याटबटको आधारमा समस्या समाधान हुन पाउँदा उनी हर्षित देखिए।

उनी त प्रतिनिधिपात्र मात्र हुन्। यस्तो समस्या भोग्ने अरु धेरै हुनसक्छन्। उनीहरुले पनि यही विधि अपनाउँदा सहजै घरैबाट यस्ता समस्या समाधान गर्न सक्छन्।

सरकारले घोषणा गरेको लकडाउनको परिपालना गर्नु सबैको कर्तव्य रहेकाले ग्राहकहरुको विभिन्न असहजता तथा अवस्थालाई मध्यनजर गर्दै एनआईसी एसिया बैंकले यस्तो च्याटबटको व्यवस्था गरेको छ।

यसको प्रयोग ग्राहकहरुले चाहेको समयमै गर्न सक्ने बैंकले जनाएको छ। यदि समस्या समाधान भएन भने पनि त्यहाँबाटै आफ्नो समस्या र सम्पर्क नम्बर ग्राहकले टिपाउन मिल्ने व्यवस्था समेत गरिएको बैंकको भनाइ छ। यसका लागि ग्राहक सेवा प्रतिनिधिले सम्पर्क गरेर समस्या समाधान गर्नेछन्।

व्यस्तताको समयमा पनि आफ्नो कामलाई कुनै असर नगर्ने गरी समस्या समाधान गर्नका लागि नवीनतम प्रयासको रुपमा बैंकले च्याटबटलाई अझै थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

च्याटबट के हो? यसले कसरी काम गर्छ?
खासमा यो च्याटबट भनेको एउटा कम्प्युटरमा आधारित सफ्टवेयर प्रोग्राम हो। यसको डिजाइन ग्राहकहरुसँगको समस्या तथा गुनासो इन्टरनेटका माध्यमबाट बैंकले सुन्न सक्ने हिसाबले गरिएको छ। बैंकले आफ्नो वेबसाइटमा यही प्रोग्राम राखेको हो। यसमा ग्राहकले आफ्नो समस्या वा जानकारी लिन चाहेको विषय छनोट गर्दै जाँदा स्वचालित रुपमा त्यसको उत्तर ग्राहकले पाइराख्ने व्यवस्था छ।

nic chatbot

यति मात्रै होइन। कोरोना भाइरस संक्रमणका बेला सरकारले लकडाउन घोषणा गरिरहेकामा बैंकले पनि आफ्ना ग्राहकहरुको समस्या सुन्न तथा समाधानका लागि भनेरै थुप्रै जनगुनासो सुन्ने इकाइहरु खडा गरिसकेको छ। एनआईसी एसिया बैंकले ग्राहकका यस्तै समस्या समाधानका लागि अहिले देशका सातवटै प्रदेश तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरिसकेको छ।

गुनासो सुन्न ‘हेल्प डेस्क’
त्यहाँ रहेका कर्मचारीहरुले ग्राहकका गुनासाहरु चौबीसै घण्टा युद्धस्तरमा समाधान गरिहेको दाबी बैंकको छ। यसका साथै ‘डिजिटल हेल्प डेस्क’को माध्यमबाट ग्राहकहरुका स–साना समस्या समाधान गर्ने गरी विभिन्न जिम्मेवारी क्षेत्रहरुमा समर्पित कर्मचारीहरुलाई उक्त डेस्कमा बैंकले खटाइरहेको छ। '

यस विषम परिस्थितिमा ग्राहकलाई विशिष्टीकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवासम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको चौबीसै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङः ९८०१२२७७५५, एसएमएसः ३४४८८ तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध गरेको छ।

कोरोना भाइरस संक्रमणको न्यूनीकरणका लागि बैंकले आफ्ना ग्राहकहरुको समस्या फोन तथा च्याटबटका माध्यमबाट समाधान गरिरहेको अवस्थामा बैंकिङ्ग कारोबार पनि सकेसम्म घरबाटै गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको छ। बैंकमा धेरै भीडभाड नहोस् भनेर बैंकले यस्तो व्यवस्था गरेको हो।

यसका साथै, खाता खोल्न चाहनेका लागि पनि अनलाइनबाट खाता खोल्न मिल्ने व्यवस्था बैंकले गरिसकेको छ। मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट÷क्रेडिट कार्ड जस्ता विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरु पूरा गर्न बैंकले प्रोत्साहन गरेको छ। हालसम्म बैंकले २५ वटा भन्दा बढी शाखाहरुमार्फत दैनिक निश्चित समयको लागि सेवा सुचारु गरिरहेको छ भने ‘कोरोनासँगको लडाइँ, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, इन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा मोबाइल तथा इन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहकहरुले घरबाटै बसेर निःशुल्क रुपमा गर्न सक्ने व्यवस्था समेत बैंकले गरिसकेको छ।

यसरी सकिन्छ भुक्तानी गर्न
ग्राहकहरूले कुनै सेवा लिएबापत तथा सामान खरिद गर्दा क्युआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ। यसका साथै, यस बैैकका ग्राहकहरुले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २ हजार ५ सय वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेगरी व्यवस्था मिलाएको छ।

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्डवाहकले एनआईसी एसिया बैंकका ४ सय ६१ एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूको एटीएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था समेत गरेको छ।

‘ग्राहकहरु हाम्रा भगवान हुन् र ग्राहकहरुको इच्छा, चाहना तथा आवश्यकताहरु जस्तोसुकै परिस्थितमा पनि परिपूर्ति गर्नु नै हाम्रो परमधर्म हो भन्ने तथ्यलाई हृदयंगम गर्दै बैंकले आफूलाई सम्पूर्ण रुपमा आम ग्राहकहरुको सेवामा सदैव समर्पित गर्दै आएको छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भने, ‘जस्तोसुकै विषम परिस्थितिमा पनि आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नको लागि सहज, सबल, गतिशील, विश्वसनीय, उत्तरदायी भन्ने मुल मन्त्रका साथ एनआईसी एसिया बैंकले बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने ब्रान्ड प्रमिसलाई चरितार्थ गर्दै एक वास्तविक साथीको पहिचान बनाउने प्रतिवद्धता र प्रण गरेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .