समाज


बर्दियामा २ मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु

बर्दियामा २ मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु

प्रतीकात्मक तस्बिर


नेपालखबर
जेठ ११, २०८२ आइतबार ११:१५, काठमाडौँ

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार राति साढे ११ बजे मधुवन नगरपालिका ८ लालसिंह चोकस्थित हुलाकी सडक खण्डमा दुईवटा मोटरसाइकल आपसमा ठोकिएका हुन्। 

प्रहरीका अनुसार गुलरिया नगरपालिका २ का देवानन्द यादवले चलाएको भे १३ प २६६९ नम्बर र मधुवन नगरपालिका ८ लालीबजारका टंकबहादुर बीसीले चलाएको भे ६ प ५४१ नम्बरका मोटरसाइकल ठोकिँदा दुवै चालकको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका चालक टंकबहादुर र पछाडि बसेका गुलरिया २ का ३२ वर्षका अनुपम यादव तथा अर्का मोटरसाइकलका चालक देवानन्द यादव घाइते भएका थिए।

उपचारका लागि बर्दिया अस्पताल गुलरिया पठाइएकामा राति साढे १२ बजे चालकद्वय टंकबहादुर र देवानन्दको मृत्यु भएको हो।

अनुपम यादवलाई भने थप उपचारका लागि नर्सिङहोम नेपालगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ।

दुई जनाको शव बर्दिया अस्पतालमा राखिएको बर्दियाका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर डम्बरपालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad