कारोबार


सरकारले माग्यो राष्ट्रिय सहकारी नियमन प्राधिकरण अध्यक्ष र विज्ञमा आवेदन, यस्ता छन् योग्यता

सरकारले माग्यो राष्ट्रिय सहकारी नियमन प्राधिकरण अध्यक्ष र विज्ञमा आवेदन, यस्ता छन् योग्यता

नेपालखबर
जेठ ११, २०८२ आइतबार ११:३१, काठमाडौँ

सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि आवेदन माग गरेको छ।

आइतबार सार्वजनिक सूचना निकाल्दै अध्यक्ष र विज्ञ सदस्यामा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो।

सहकारी ऐन २०७४ तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यको नियुक्ति सिफारिससम्बन्धी मापदण्ड २०८२ बमोजिम आइतबारबाट आवेदन खुला गरेको हो।

योग्यता पुगेका र इच्छुक उम्मेवारलाई सरकारले जेठ २५ गतेसम्म आवेदन दिन भनेको छ।

के छन् योग्यता?
प्राधिकरणको अध्यक्षका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा स्नातकोत्तर गरी नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा १५ वर्ष काम गरेको हुनुपर्नेछ।

यस्तै विज्ञ सदस्यका लागि भने अर्थशास्त्र, वाणिज्य, व्यवस्थपन, लेखा कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर गरी अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक तथा वित्तीय संस्था वा सहकारीमा रही कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ।

सरकारले प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य दुवैका लागि उमेर हद ६० वर्ष मानेको छ। ६० वर्ष उमेर पूरा नभएका उम्मेदवारले आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad