हिमताल फुटेर आएको बाढी-पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका -६, तिलगाउँमा राहत सामग्री पठाइएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन ब्यवस्थापन समितिबाट चामललगायतका राहत सामग्रीहरू पठाइएको जानकारी दिए।
तिलगाउँमा बाढी/ पहिराका कारण १८ वटा घरधुरी प्रभावित छन्। गाउँ नजिक पहिरो पुग्दा बस्ती नै जोखिममा परेकाले तिलगाउँवासी खोलापारी फाँटमा बसिरहेका छन्।
बाढी/पहिरोले बिजुली बत्ती, खानेपानी, सिँचाइ, पुलपुलेसा लगायत सार्वजनिक पूर्वाधारमा क्षति भएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले राहत सामग्रीका साथै विज्ञको टोली हुम्ला पठाइएको बताए।
उनका अनुसार घटनाको अध्ययनका लागि वरिष्ठ डिभिजन इन्जिनियर सुशील कुमार श्रेष्ठ, भूगर्भविद् शिव प्रसाद बास्तोला, मौसमविद् सौहाद्र जोशीसहित विपद् प्राधिकरणको टोली हुम्ला पठाइएको छ।
60
Shares

प्रतिक्रिया