समाज


पाकिस्तानमा कोरोनाबाट सङ्क्रमितको संख्या २७ सय नाघ्यो

पाकिस्तानमा कोरोनाबाट सङ्क्रमितको संख्या २७ सय नाघ्यो

नेपालखबर
चैत २२, २०७६ शनिबार ११:१०,

अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार देशभरीमा सङ्क्रमितको संख्या दुई हजार ७०८ पुगेको हो। सङ्क्रमित भएका मध्ये १३ जनाको अवस्था गम्भिर रहेको मन्त्रालयले जनाएको छ।

केन्द्रिय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मृत्यु हुनेको संख्या ४१ पुगेको उल्लेख गरिएको छ। मृतकमध्ये सबैभन्दा धेरै सिन्ध्र प्रान्तका रहेका छन्। सो प्रान्तमा शनिवारसम्म १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

त्यसैगरी कोरोना भाइरसका कारण पञ्जाव र खैबर पख्तुनख्वामा ११–११ जनाको मृत्यु भएको छ भने गिल्गित बाल्टिस्तानमा तीन जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार बालुचिस्तानमा समेत एक जनाको मृत्यु भएको छ।

त्यसैगरी सङ्क्रमितको संख्या भने सबैभन्दा धेरै पन्जाव प्रान्तमा देखिएको छ। पन्जावमा कोरोना भाइरसबाट एक हजार ७२ जना सङ्क्रमित भएका छन्।

मन्त्रालयका अनुसार सिन्ध्र प्रान्तमा ८३९ जना, खैबर पख्तुनख्वामा ३४३ जना, गिल्गित बाल्टिस्तानमा १९३ जना, बालुचिस्तानमा १७५ जना, राजधानी प्रदेश इस्लामावादमा ६८ जना र काश्मिरमा ११ जना कोरोना भाइरसबाट संक्रमित भएका छन।

सङ्क्रमित भएका मध्ये पछिल्लो २४ घण्टामा २५८ जना निको भएर घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad