समाज


स्थानीय संक्रमण सुरु भएसँगै क्वारेन्टिन अझ अनिवार्य भयो: स्वास्थ्य मन्त्रालय

स्थानीय संक्रमण सुरु भएसँगै क्वारेन्टिन अझ अनिवार्य भयो: स्वास्थ्य मन्त्रालय

नेपालखबर
चैत २२, २०७६ शनिबार ११:१२,

स्वास्थ्य मन्त्रालयले शनिबार कोभिड–१९ का नयाँ तीन संक्रमित भेटिएपछि क्वारिन्टिनको नियम अझ अनिवार्य र बढि सावधानका साथ गर्नुपर्ने थप पुष्टि भएको बताएको छ।

दैनिक ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा पहिलोपटक स्थानीय संक्रमण समेत भेटिएको हुँदा अब थप सतर्क हुनुपर्ने बताएका हुन्।

‘एउटा संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा स्थानीय तहमैं संक्रमण भएको यो पहिलो पटक हो। क्वारेन्टिनमा कति अनिवार्यरुपमा र कति सावधानीपूर्वक बस्नुपर्ने रहेछ भन्ने कुरा यसले पनि थप पुष्ट्याईं गर्छ,’ प्रवक्ता देवकोटाले भने, ‘अब संक्रमण थप फैलिन नदिनका निम्ति जो विदेशबाट आउनुभएको छ, उहाँहरु अनिवार्यरुपमा क्वारेन्टिनमा बस्ने र सावधानीका सबै उपाय अपनाउनु अनिवार्य छ।’

याे पनि : कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ९ पुग्यो

यसबाट सबैभन्दा पहिले आफ्नै परिवारका सदस्यमा सर्नबाट बचाउन सकिने र अरुलाई पनि बचाउन सकिने उनले बताए।

नयाँ तीनैजनासहित चारजना सेती प्रादेशिक अस्पताल उपचार गराइरहेको, अन्य दुईजना टेकू अस्पतालमा र थप दुईजना बागलुङ अस्पतालमा गरी हाल नेपालमा आठजना संक्रमित उपचाररत् रहेको उनले बताए।

नौजना मध्ये एकजना पहिले नै निको भएका हुन्।

याे पनि : 
स्थानीय संक्रमणसँगै नेपालको कोरोना संक्रमण दोस्रो चरणमा: डा‍. कार्की

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .