समाज


रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन प्रधानन्यायाधीशसहितको इजलासमा

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन प्रधानन्यायाधीशसहितको इजलासमा

नेपालखबर
जेठ ५, २०८२ सोमबार १०:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन आज (जेठ ५ गते) प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।

यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने न्यायाधीश रहेको इजलासमा पारिएको लामिछानेको उक्त निवेदन आज भने हर्न मिल्ने न्यायाधीशहरू रहेको इजलासमा पेसी तोकिएको हो।  

आइतबार सर्वोच्चले नै दिएको आदेशबमोजिम छैटौँपटकको पेसी भने हेर्न मिल्ने न्यायाधीशको इजलासमा पारिएको हो। 

अब भने उनको निवेदनमा सुनुवाइ हुने देखिएको छ। नत्र यसअघि पाँचपटक पेसी तोकिए पनि न्यायाधीशहरूले हेर्न नमिल्ने भनी सुनुवाइ गरिरहेका थिएनन्। 

सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले थुनामै राख्न आदेश दिएपछि रवि चैत 

तर आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेर ३ दिनपछि मात्रै कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग गरी लामिछानेका तर्फबाट सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको हो। 

उनले थुनामा पठाउने उच्च अदालतको आदेश पनि पनि बदर गर्न माग गर्दै उनले सर्वोच्चमा निवेदन दिइसकेका छन्। 

हाल रवि रुपन्देही जिल्ला कारागारमा थुनिएका छन्। रविसँगै सोही मुद्दाका अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल जोशी पनि रुपन्देही कारागारमै छन्।

एउटै मुद्दामा रुपन्देही जिल्ला अदालतले छविलाई थुनामा पठाएको तर रविलाई एक करोड धरौटीमा रिहा गरेको भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेका थिए। जसमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते रविलाई पनि थुनामै राख्न आदेश दिएपछि उनी पुन: पक्राउ परेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad