समाज


राशिफल ५ जेठ : मकरको व्यक्तित्वमा निखार आउने, कुम्भ जालझेलमा पर्ने, तपाईँको के?

राशिफल ५ जेठ : मकरको व्यक्तित्वमा निखार आउने, कुम्भ जालझेलमा पर्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
जेठ ५, २०८२ सोमबार ३:३४, काठमाडौँ

आज सोमबार, ५ जेठ २०८२ (१९ मे २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागी भइनेछ। प्रेम जीवन सुखद रहला। शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ७७, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। छलकपट नगर्ने।

वृष: सुखद यात्राको योग छ। भाग्यले विभिन्न अवसर जुराउनेछ। प्राविधिक कार्यबाट सफलता मिल्नेछ। नयाँ वस्त्र उपहार पाइनेछ। सेयर कारोबारमा राम्रै लाभ होला। निर्णय क्षमतामा ह्रास आउन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६३, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ६९ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: सहकर्मीबाट विरोध आउला। जिद्दीपनले गर्दा काम बिग्रने डर छ। पुँजी बजारमा नोक्सानी हुन सक्छ। लगनशीलताको कमीले ठूलो उपलब्धि हात पार्न नसकिएला। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३९, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ४० र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: ठिक समयमा सही निर्णय लिन सकिनेछ। शुभारम्भको चर्चा चल्नेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनेछ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। दिनको मध्यमा शैक्षिक क्षेत्रमा प्रगति नै होला।

भाग्यशाली रङ सेतो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: समाजसेवामा मन जानेछ। साझेदारीको व्यवसायबाट भनेजस्तो रुपैयाँ कमाउन सकिएला। पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। न्यायिक निर्णय तपाईँकै पक्षमा हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। वाहन वा भूमिबाट लाभ हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६२, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

तुला: सानातिना समस्यामा अल्झनुपर्नेछ। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुहोला। बोलीको विपरीत अर्थ लाग्न सक्छ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रणय सम्बन्ध सामान्य नै रहने देखिन्छ।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३६, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ६६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

वृश्चिक: महत्त्वपूर्ण कामको थालनी हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रविधिमार्फत दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। सेयर बजारमा लगानी होला। प्रेम जीवन सामान्य रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५४, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६० र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: धार्मिक, राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ। सेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ। नयाँ र शुभ कार्यमा सरिक भइनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मकर: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउला। कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न सक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ५०, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६८ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

कुम्भ: शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। विपक्षीको जालझेलबाट सावधान रहनु होला। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ होला।

भाग्यशाली रङ सेतो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ३७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

मीन: सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। धार्मिक कार्यमा सहभागी भइएला। प्रेमीको भरपुर सहयोग पाइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। साँझमा झन्झटिलो कार्यमा समय खेर जान सक्छ।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६२, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५३ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad