राजनीति


निजी विद्यालयलाई गुठीमा राख्ने कि कम्पनीमै? उपसमितिले थाती राखेर बुझायो प्रतिवेदन

निजी विद्यालयलाई गुठीमा राख्ने कि कम्पनीमै? उपसमितिले थाती राखेर बुझायो प्रतिवेदन

नेपालखबर
जेठ ४, २०८२ आइतबार १७:३८, काठमाडौँ

विद्यालय शिक्षा विधेयकमा गठित उपसमितिले निजी विद्यालयलाई गुठीमा लैजाने कि कम्पनिमै राख्ने भन्ने बिषयलाई थातिमा राखेर प्रतिवेदन बुझाएको छ। उपसमितिले आज बुझाएको प्रतिवेदनले निजी विद्यालयको विषय नटुङ्ग्याई समितिलाई प्रतिवेदन बुझाएको हो। 

उपसमितिले निजी विद्यालयलाई गुठीमा रुपान्तरण गर्ने सहमति जुटाएको थियो। तर प्रतिवेदन लेख्ने क्रममा सहमति जुट्न नसकेपछि सो विषय थाती राखिएको छ। 

उपसमितिमा गुठीमा जाने अवधिका बारेमा निर्णय गर्न समितिलाई सिफारिस गर्न सहमती जुटेको थियो। 

इसीइडीलाई पनि विद्यालय संरचनामा राख्ने कि नराख्ने भन्नेमा पनि सहमती जुट्न सकेन। ईसीडीलाई दुई वर्ष मात्रै बनाएर विद्यालय संरचनामा लैजानु पर्ने सांसदहरूको माग राखेका थिए। 

उपसमितिले ईसीइडी दुई वर्षको हुने र विद्यालय संरचनामा ल्याउने सहमती जुटेको थियो। उपसमितिले अब ईसीडी दुई वर्षको मात्रै हुने सुझाव दिएको छ। 

‘नेपाल सरकारले तोकेको मितिदेखि लागू हुने गरी सार्वजनिक विद्यालयमा प्राथमिक बालविकास तथा शिक्षालाई दुई वर्षको कार्यक्रमको रुपमा संचालन गरिनेछ’ उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

त्यस्तै अर्को उपदाफामा कुनै पनि विद्यालयले ईसीडी दुई वर्षको मात्रै सञ्चालन गर्नुपर्ने भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad