समाज


सेती नदीमा फाल हानेका युवकको ४५ मिनेटको प्रयासमा उद्धार (तस्बिरहरू)

सेती नदीमा फाल हानेका युवकको ४५ मिनेटको प्रयासमा उद्धार (तस्बिरहरू)

नेपालखबर
जेठ ३, २०८२ शनिबार ८:५१, काठमाडौँ

शुक्रबार राति पोखरास्थित सेती नदीमा फाल हानेका एक युवकको सशस्त्र प्रहरीले तत्कालै उद्धार गरेको छ।

पोखरा महानगरपालिका १० पृथ्वी चोकस्थित चाइनापुलबाट सेती नदीमा हाम्फालेका अन्दाजी २१ वर्षका युवकको तत्कालै उद्धार गरिएको सशस्त्र प्रहरी वलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

उद्धार गरिएका युवकको पहिचान खुल्न बाँकी छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।  

युवकले सेतीमा हाम फालेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी वल नम्बर २४ कालीका गणबाट खटिएको विपद् व्यवस्थापन टोलीले गएराति ९स्३५ बजे ती युवकको उद्धार गरेको हो। 

करिब ४५ मिनेटको प्रयासमा रोप रेस्क्यू प्रयोग गरि उनको उद्धार गरिए डीएसपी थापाले बताए। 

ती युवक पुलबाट अन्दाजी एकसय मिटर तल सेती नदीको खोंचबाट अर्धचेत अवस्थामा फेला परेका थिए। उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad