राजनीति


परराष्ट्रमन्त्री राणाले कतारका विशेष दूतसँग फेरि गरिन् विपिन रिहाइको पहलका लागि आग्रह

परराष्ट्रमन्त्री राणाले कतारका विशेष दूतसँग फेरि गरिन् विपिन रिहाइको पहलका लागि आग्रह

नेपालखबर
जेठ ३, २०८२ शनिबार ९:७, काठमाडौँ

परराष्ट्रमन्त्री आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन र दिगोपन सम्बन्धी विशेष दूतसँग विपिन जोशीको अवस्था र नेपाल फिर्तीका लागि थप पहल गर्न अनुरोध गरेकी छन्।

सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटमा मन्त्री राणाले यस्तो आग्रह गरेकी हुन्। 

भेटमा हमासको अपहरणमा परेका नेपाली युवक विपिन जोशीको अवस्थाबारे कुराकानी भएको थियो।

मन्त्री राणाले विपीन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गरेको प्रयासप्रति धन्यवाद दिँदै यो विषयमा निरन्तर पहल गर्न र जोशीको रिहाइका लागि थप प्रयास गर्न अनुरोध गरिन्। यसअघि पनि मन्त्री राणाले कतारका विदेशमन्त्री र इजरायल-हमास शान्ति वार्ताका मध्यस्थकर्तासँग विपिनको रिहाइका लागि बारम्बार अनुरोध गरेकी थिइन्।

सन् २०२३ देखि हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि सहयोग गर्न सरकारले विश्व समुदायसँग अनुरोध गर्दै आएको छ।

शुक्रबारको भेटमा मन्त्री राणाले सगरमाथा संवादमा कतारको सहभागिताप्रति धन्यवाद दिँदै आगामी दिनमा जलवायु परिवर्तनको असर कम गर्न सहकार्यका विषयमा पनि कुराकानी गरेकी छन्। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad