समाज


चितवनका एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

चितवनका एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १२:३०, काठमाडौँ

चितवनमा एक व्यक्तिले आफ्नी छोरी र भतिजको हत्या गरेका छन्। 

चितवनको भरतपुर महानगरपालिका- २५ शुक्रनगरका लिलाराज गिरीले छोरी सात वर्षकी प्रभा गिरी र दाजुका छोरा ५ वर्षका सजन गिरीको हत्या गरेका चितवन प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार ४२ वर्षका गिरी मानसिक रोगी थिए। उनले मानसिक रोगको औषधी पनि सेवन गरिरहेका परिवारका सदस्यले बताएका छन्। 

उनले आज बिहान १० बजेतिर बालबालिकालाई खुर्पा प्रहार गरेर हत्या गरेपछि आफ्नो घाँटीमा पनि प्रहार गरेका थिए। उनी पनि गम्भीर घाइते अवस्थामा रहेका प्रहरीले जनाएको छ।

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad