पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले भारत शान्तिको कुरा गर्न चाहन्छ भने त्यसका लागि आफू तयार रहेको बताएका छन्।
शरिफले बिहीबार पाकिस्तानको कामरा एयर बेस भ्रमणका क्रममा उक्त कुरा बताएका हुन्।
उनले भने, 'म स्पष्ट शब्दमा भन्न चाहन्छु- युद्ध उन्मादको ज्वरो कम भएको छ। अब तपाईं शान्तिको कुरा गर्नुहुन्छ भने हामी यसका लागि तयार छौँ।'
उनले थपे, 'यो शान्तिका लागि आवश्यक अवस्था सबैलाई थाहा छ। हामी बसेर यसबारे कुरा गरौँ।'
यस क्रममा उनले पाकिस्तानी वायुसेनाका कर्मचारी र अधिकारीहरूलाई भेटेर प्रशंसा गरे।
मे १० मा भारत र पाकिस्तानबीच युद्धविराम हुनुभन्दा पहिले सैन्य झडप तीव्र भएका थिए।
युद्धविरामपछि पनि दुई देशबीचको वैमनस्य अन्त्य भइसकेको छैन।
639
Shares

प्रतिक्रिया