सेती नदीमा नुहाउनेक्रममा बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीको गोताखोर निकालेको छ। मंगलबार दिउँसो नुहाउन गएका डोटीको दिपायल सिलगढी नगरपालिका-१ सिरखोलीका ९ वर्षका अमित विक बेपत्ता भएका थिए।
उनी बेपत्ता भएको सूचना पाएसँगै सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षक वीरेन्द्र बमको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले आज उनको शव फेला पारेको हो। शव नदीभित्र ३० फिट गहिराइबाट निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
168
Shares

प्रतिक्रिया