समाज


स्वास्थ्य मन्त्रालयले भन्योः नयाँ कोरोना संक्रमित फेला परेका छैनन्

स्वास्थ्य मन्त्रालयले भन्योः नयाँ कोरोना संक्रमित फेला परेका छैनन्

नेपालखबर
चैत २१, २०७६ शुक्रबार १०:४७,

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)को थप नयाँ संक्रमित बिरामी फेला नपरेको बताएको छ।

शुक्रबार मन्त्रालयमा भएको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबारपछि थप नयाँ कोरोना पोजेटिभ नदेखिएको प्रस्ट पारेका हुन्।

उनले निको भएकालाई छाडेर अहिले संक्रमितको संख्या ५ वटा रहेको जानकारी दिए। संक्रमित भएको पाँचै जनाको उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए।

 मन्त्रलयले अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म १२६६ को परीक्षण गरिएको बताइएको छ। पछिल्लो समय दैखिक १०० को हाराहारीमा परीक्षण हुँदै आएको प्रवक्ता देवकोटाले बताए।

केही मिडियाहरुले शुक्रबार पोखरामा नयाँ संक्रमित फेला परेको भन्ने समचार आएको भन्दै उनले हालसम्म पोखरामा पोजेटिभ केस फेला नपरेको प्रस्ट पारे।

उनले अहिले उपत्यकाबाहे धेरै स्थानमा कोरोनाको जाँच गर्ने मेसिन पुगिसकेको बताउँदै त्यहाँ पनि जाँच हुने र संकास्पद देखिए केन्द्रमा पनि जाँच गर्ने र नतिजा निकाल्ने बताए। ‘त्यहाँ परीक्षण हुने, त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने, यो दोहोरो भयो भन्ने कुरा पनि केहीले उठाउनु भएको छ। त्यसो हुँदैन’, उनले भने, ‘यो चाहिँ भ्यालिडेसन गर्ने क्रममा त्यो मेसिन र रेजेन्टहरु मिल्नेको क्रमलाई मिल्नेको कुरालाई हेर्दा केही नमूनालई हामीले री गर्नुपर्ने हुन्छ। त्यो भनेको हाम्रो निर्णयहरु, परीक्षणको नतिजा कंक्रिट होस भन्ने हो। यो सधैँभरी हुँदैन। कुनै केस संकास्पद भयो भने त्यहाँ पनि रिपिड हुन्छ, यहाँ पनि हुन्छ। थप नमूना लिइन्छ। यो होल प्रोसेस भइसकेपछि मात्रै हामीले रिजल्ट प्रकाशित गर्छौँ। त्यो हिसाबले पोखरामा आजसम्म पोजेटिभ नआएको स्थिति छ।’

त्यस्तै प्रदेशतर्फ धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिठान, हेटौँडा, जनकपुर, सुर्खेत र धनगढीमा पनि परीक्षण सुरु भएको उनले जानकारी दिए।

उनले शुक्रबार धरानमा ३९, जनकपुरमा ५, हेटौँडामा ५, पोखरामा १९, सुर्खेतमा ७ र धनगढीमा ४ वटा नमूना परीक्षण गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad