समाज


काठमाडौँको मखन गल्लीका २ घरमा लागेको आगो नियन्त्रणमा

आगलागी भएको घरमा जलेको अवस्थामा फेला परेको शव महिलाको
काठमाडौँको मखन गल्लीका २ घरमा लागेको आगो नियन्त्रणमा

आगाे लाग्दै गरेका दुईघर


नेपालखबर
बैशाख ३१, २०८२ बुधबार ९:२०, काठमाडौँ

काठमाडौँको मखन गल्लीमा रहेका दुई घरमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ। आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ भने लाखौँको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

काठमाडौँ महानगर पालिका वडा नम्बर-२४ मखन गल्लि सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरबाट बुधबार बिहान पौने सात बजेदेखि सुरु भएको आगलागी केहीबेर अघिबाट नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। 

आगलागी भएको घरमा एक वृद्धा महिलाको शव फेला परेको छ। उक्त शव परीक्षणका लागि वीर अस्पताल लगिएको र सनाखत हुन बाँकी रहेको डीएसपी चन्दले बताए। 

दयाराम श्रेष्ठको चारतले घरमा ग्यास लिक भएर सुरु भएको आगलागी नजिकैको रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमासमेत आगो सल्किएको हो।

६ वटा बारुणयन्त्रसँगै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको सक्रियतामा आगलागी नियन्त्रणमा आएको हो। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad