समाज


सुत्केरी महिलाको मृत्युबारे समाचार संकलन गर्न लागेका पत्रकारमाथि प्रहरीको दुर्व्यवहार

सुत्केरी महिलाको मृत्युबारे समाचार संकलन गर्न लागेका पत्रकारमाथि प्रहरीको दुर्व्यवहार

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १४:३८, काठमाडौँ

नेपाल पत्रकार महासंघले समाचार संकलनमा संलग्न रहेकै बेला हिमालय टेलिभिजनका पत्रकार सुरेश रायलाई सिरहा प्रहरी कार्यालयका प्रहरी निरीक्षक राज यादवले दुर्व्यवहार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

महासंघ मधेस प्रेदश समितिका अनुसार यही वैशाख २८ गते सिरहाको गोलबजार नगरपालिका–४ स्थित वर्धमान अस्पतालमा सुत्केरी महिलाको मृत्युबारे समाचार संकलन गर्न पुगेका रायलाई यादवले हेलमेट राम्ररी नलगाएको भन्दै दुर्व्यवहार गरेका थिए।

‘आफ्नो कर्तव्य पालनाका नाममा प्रहरीले अपनाएको यो शैली खेदजनक छ’ महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘महासंघ आगामी दिनमा यस्ता कर्म नदोहोर्याउन र प्रेसलाई सम्मानपूर्वक व्यवहार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad