राजनीति


आशा र अपेक्षाअनुसार सिद्धान्त र प्राथमिकता आएनः सांसद शर्मा

आशा र अपेक्षाअनुसार सिद्धान्त र प्राथमिकता आएनः सांसद शर्मा

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १४:४०, काठमाडौँ

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले आशा र अपेक्षाअनुसार सिद्धान्त र प्राथमिकता नआएको बताएका छन्। 

मंगलबारको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। 

उनले देशको समस्यालाई ठिक ढङ्गले पहिचान गरेर सिद्धान्त र प्राथमिकता नल्याइएको बताउँदै यो सही नभएको र जनताका आवश्यकता पूरा गर्न नसक्ने जिकिर गरे। उनले सिद्धान्त र प्राथमिकतामा आएको विषयहरू पनि कार्यान्वयन हुनेमा ढुक्क र विश्वस्त हुने अवस्था नरहेको धारणा राखे। शर्माले कार्यान्वयनको हिसाबले हेर्दा प्राथमिकताहरूले देशको समस्या समाधान गर्न नसक्ने टिप्पणी गरे।  

'कार्यान्वयनको हिसावले हेर्दा खेरी प्राथमिकता जसरी छुट्टाइएको छ, खास देशको समस्या समाधान गर्ने खालको छैन। कानून निर्माण गर्नेकुरा, सोच बदल्ने कुरा र संरचना बदलेर अर्थतन्त्रको विकासको निम्ति प्राथमिकता निर्धारण गर्ने कुरामा दुई तिहाइको सरकार आउने आशा अपेक्षा गरिएको थियो, तर त्यो सम्भव देखिएन । यसका सिद्धान्त र प्राथमिकता हेर्दा आशा अपेक्षा गरिएको जस्तो देखिएन,' उनले भने, 'जे यो आएको छ, त्यो पनि कार्यान्वयन हुने कुरामा ढुक्क र विश्वस्त हुनेकुरा छैन । तसर्थ, हामीले देशको समस्यालाई ठिक ढङ्गले पहिचान गरेर सिद्धान्त र प्राथमिकतालाई ल्याउनुपथ्र्यो, त्यो ल्याउन सकिएन । यो सही छैन र यसले आवश्यकता पूरा गर्न सक्दैन ।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad