समाज


तस्बिरमा बुद्ध जयन्ती

तस्बिरमा बुद्ध जयन्ती

काठमाडौँको स्वयम्भूमा २५६९औँ बुद्धजयन्तीको दिन सोमबार स्वयम्भू महाचैत्य दर्शन गर्न आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस


नेपालखबर
बैशाख २९, २०८२ सोमबार १०:५८, काठमाडौँ

गौतम बुद्धको २५६९औँ जयन्ती आज देश तथा विदेशमासमेत विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीको बिशेष कार्यक्रम भने आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको छ।  

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथीमा परेकाले यस दिनलाई बुद्ध जयन्तीको रुपमा नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्ध जयन्तीका रुपमा मनाउने गरेका छन्।

गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र परिनिर्माणको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिनको विशेष महत्व छ। 

गौतम बुद्धलाई शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित छन्। बुद्ध जयन्तीमा बुद्धको पूजा, आराधना एवं प्रवचन गर्ने गरिन्छ। 

इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको छोराका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो। उमेर बढ्दै जाँदा उनी मानिसका दुःख देखेर चिन्तित बने। दुस्खको निवारणको उपाय खोज्दै २९ वर्षको उमेरमा उनी दरबार छाडेर तपस्याका लागि निस्किए।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बौद्ध गयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरेका थिए। बुद्धत्व प्राप्त गरेपछि नै उनी गौतम बुद्ध बनेका हुन्।

दुःखनाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो। सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए। 

४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरेका थिए।

विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ। बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए। यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ। 

बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा पूजा आराधना गर्ने गरिन्छ। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्ध हुन्।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरुसहित सर्वसाधारणले समेत आज दीप प्रज्वलनसहितका कार्यक्रम गरेका छन्। 

तस्बिरमा हेराैँ बुद्धजयन्ती

स्वयम्भूमा बत्ती बाल्दै भक्तजन  काठमाडौँको स्वयम्भूमा  २५६९औँ बुद्धजयन्तीको दिन सोमबार स्वयम्भू महाचैत्य परिसरमा बत्ती बाल्दै भक्तजन।

 

बुद्धको अष्टधातुको दर्शन गर्दै भक्तजन २५६९औँ बुद्धजयन्तीको दिन सोमबार स्वयम्भू महाचैत्य दर्शन गर्न आएका भक्तजन आनन्द कुटी विहारमा बुद्धको अष्टधातुको दर्शन गर्दै ।उक्त अष्ट धातु वर्षको एकपटक बुद्वजयन्तीका दिनमात्रै  देखाइन्छ ।

बनेपाको चण्डेश्वरी मन्दिरमा  भक्तजन ।

बुद्ध - चित्रकला प्रदर्शनी बुद्धजयन्तीको दिन सोमबार भक्तपुरको मध्यपुर थिमि-४ मरूटोलस्थित पद्मपाणी लोकेश्वर परिसरमा बुद्ध जीवनीमा आधारित चित्रकला प्रदर्शनीको अवलोकन गर्दै स्थानीय। तस्बिर: रत्न श्रेष्ठ/ रासस

२५६९औँ बुद्धजयन्तीको अवसरमा सोमबार सर्लाहीको बागमती नगरपालिका-११ स्थित बुद्ध शान्ति तपोवनमा मोलम पाठ, पूजा, आराधना गर्दै बौद्ध धर्म गुरूहरू । तस्बिर : सिङ्घबहादुर थापा/रासस

काठमाडौँको स्वयम्भूमा  २५६९औँ बुद्धजयन्तीको दिन सोमबार स्वयम्भू महाचैत्य दर्शन गर्न आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौँको स्वयम्भूमा  २५६९औँ बुद्वजयन्तीको दिन सोमबार स्वयम्भू महाचैत्य दर्शन गर्न आएका भक्तजन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad