भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मू-कश्मीरको पहलगाममा गरिएको आतंकवादी हमलामा मारिएका नेपालका सुदीप न्यौपानेको परिवारलाई भेटेका छन्।
भेटका क्रममा उनले ‘पीडित परिवारलाई आतंकवाद विरुद्धको लडाइँमा र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धता रहेको आश्वासन’ दिएका थिए।
गत अप्रिल २२ गते भारतको जम्मू-कश्मीरको पहलगाममा आतंकवादीहरुले न्यौपानेसहित २६ पर्यटकको हत्या गरेका थिए।
1.4k
Shares

प्रतिक्रिया