प्रदेश १ मा कोभिड १९ को आशंकामा बिहीबारसम्म ५९ जनाको स्वाब परीक्षण गरिएको छ। त्यसमध्ये ४२ जनाको रिपोर्ट ‘नेगेटिभ’ (कोरोना संक्रमण नभएको) आएको छ।
सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा.सुरेश मेहताले झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट र सङ्खुवासभाबाट एक-एक, ते¥हथुम, भोजपुर र ओखलढुङ्गाबाट दुईऔदुई, सोलुखुम्बुबाट पाँच, उदयपुरबाट चार र पाँचथरबाट तीन जना शंकास्पद व्यक्तिको स्वाबको नमूना परीक्षण गरिएको जानकारी दिए।
प्रदेश १ का विभिन्न जिल्लामा गरी बिहीबारसम्म आइसोलेशन वार्डमा ११ जना भर्ना भएका छन्। भर्ना हुनेमा पाँच महिला छन्।
यसैबीच प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पताललाई बिहीबार ६७६ थान व्यक्तिगत सुरक्षा सामाग्री वितरण गरिएको छ।

प्रतिक्रिया