ग्लोबल


एनआरएनए कोरोना कोषमा क्रेडिट र डेबिट कार्डबाट सहयोग गर्न मिल्ने

एनआरएनए कोरोना कोषमा क्रेडिट र डेबिट कार्डबाट सहयोग गर्न मिल्ने

नेपालखबर
चैत २१, २०७६ शुक्रबार २:४९,

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना महामारीबाट पीडित नेपालीका लागि आर्थिक सहयोग संकलनलाई तीब्रता दिएको छ।

कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा गठित आर्थिक समितिले कोरोना पीडितको लागि सहयोग गर्न ईच्छुक व्यक्तिहरुले आफ्नो व्यक्तिगत क्रेडिट वा डेभिट कार्ड प्रयोग गरेर अनलाइनमार्फत् सहयोग गर्न सक्ने व्यवस्था मिलाएको छ।

गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए अन्तरर्गत पहिलो पटक अनलाइनमार्फत् क्रेडिट वा डेभिट कार्ड प्रयोग गरी सहयोग गर्न सकिने व्यवस्था मिलाइएको संघका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए। यो व्यवस्थाबाट कोरोना भाइरस 'कोभिड ९१९० राहत कोष'को लागि विश्वभर छरिएका एनआरएनएले संघको बैंक खातामा सिधै सहयोग गर्न सक्ने  छन्। एनआरएनएका ७९ भन्दा बढी देशमा सञ्जाल छ।

थोरै थोरै र व्यक्तिगत रूपमा समेत रकम पनि सहयोग गर्न सकिने उद्देश्यले वेब एप्लिकेसन सञ्चालन ल्याइएको कोषाध्यक्ष श्रेष्ठले जनाए। संघले केही दिनमै मोबाइल एपबाट पनि सहयोग गर्न सक्ने व्यवस्था मिलाइरहेको  उनले जनाए।

महाभुकम्प्प, बाढी पहिरो लगायतका आपतकालीन अवस्थामा झैं कोरोना महामारीको संकटपूर्ण परिस्थितिमा पनि विदेशीस्थित नेपाली समूदायको सहयोगका अपेक्षा संघले गरेको छ।

कोरोना भाइरसको महामारीबाट पीडितको लागि संघले विश्वभरका शाखाहरुलाई परिचालन गर्दै २ करोड भन्दा बढी आर्थिक संकलन गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad