समाज


२४ घण्टे चेतावनी जारी गर्दै मौसम महाशाखाले भन्यो: सतर्कता अपनाउनू

२४ घण्टे चेतावनी जारी गर्दै मौसम महाशाखाले भन्यो: सतर्कता अपनाउनू

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८२ शनिबार १८:४८, काठमाडौँ

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव छ। जसका कारण यतिबेला (शनिबार साँझ) कोसी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शनिबार साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार राति देशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, गणडकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ।

यसैगरी भोलि आइतबार दिउँसो पनि पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ र भने देशका बाँकी भूभागका पनि एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। अनि देशका हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ। मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका थोरै स्थानमा हुरीसमेत आउने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

यसैबीच महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ: लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले  दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न हुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad