नेपालस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई भारतीय सीमा क्षेत्रमा नजान आग्रह गरेको छ।
भारत र पाकिस्तानबीच तनाव बढेकाबेला दूतावासले शुक्रबार विज्ञप्ति निकाल्दै भिसाबिना भारतीय सीमा पुगे २ देखी ८ वर्ष जेल सजाय र जरिवना हुने उल्लेख गरेको छ।
‘भूलवश पनि भारतीयी सीममा भिसा बेगर प्रवेश नगर्न र व्यक्तिगत असावधानी नअपनाउन आग्रह गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ, ‘भूलवश पनि भारत प्रवेश गरे दुई देखी ८ वर्ष जेल सजाय र जरिवना हुनसक्छ।’
126
Shares

प्रतिक्रिया