समाज


भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृत फेला

भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृत फेला

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १४:३८, काठमाडौँ

भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृत फेला परेका छन्। बाँकेको नेपालगन्ज नजिकै भारतको रुपैडियामा गोर्खा घर भएका चेतबहादुर पन्त मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए।

४६ वर्षका पन्तको घर गोर्खाको गण्डकी गाउँपालिका फुजेल भएको खुलेको छ। उनको साथमा रहेको नागरिकताका आधारमा सनाखत भएको हो।

मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आएको र आफन्तलाई झिकाइसकिएको डीएसपी पातलीले नेपालखबरलाई बताए।

पन्तको शव भारततर्फकै अस्पतालमा राखिएको छ। बिहार हुँदै रुपैडिया आएका पन्त गाडीबाट नझरेपछि हेर्दा मृत फेला परेको जानकारी आएको पनि प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad