राजनीति


लिङ्देनको प्रश्न– ७ प्रतिशत कमिसन मागेको कुरा ऊर्जा उत्पादकले सार्वजनिकरुपमै भनेका छन्, कारबाही गर्नुपर्दैन?

लिङ्देनको प्रश्न– ७ प्रतिशत कमिसन मागेको कुरा ऊर्जा उत्पादकले सार्वजनिकरुपमै भनेका छन्, कारबाही गर्नुपर्दैन?

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १४:५१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले धितोपत्र बोर्डले दलाली गरेर बसेको टिप्पणी गरेका छन्।

शुक्रबार प्रतिनिधिसभामा  नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भने, ‘तपाईंहरु धितोपत्र बोर्डको शुद्धीकरण गर्ने भन्नुहुन्छ, धितोपत्र बोर्डले दलाली गरेर बसेको छ।’

बोर्डले ७ प्रतिशतसम्म कमिसन मागेको भनेर सार्वजनिकरुपमै ऊर्जा उत्पादकहरुले भनिरहेको भन्दै उनीहरुलाई किन कारबाही नगरेको भनेर प्रश्न गरे।

‘जनताको लगानीमा २८ हजार मेगावट विद्युत उत्पादन गर्ने कुरा गर्नुहुन्छ, दुई वर्षदेखि सेयर निस्काशन नभएर ऊर्जा उत्पादकहरु रोएर बस्नु परेको छ,’ लिङ्देनले भने, ‘ऊर्जा उत्पादकहरुले सार्वजनिक रुपमा भनेका छन् ७ प्रतिशतसम्म कमिसन मागिएको छ, बिचौलीयाहरु हाम्रो घरदैलोमा आइरहेका छन् भन्दा कारबाही हुनुपर्दैन?’

कमिसन मागेको आरोप लागेपछि धितोपत्र बोर्डका मान्छेहरुले प्रमाण मागेको भन्दै उनले भने, ‘अनि अहिले धितोपत्र बोर्डवालाहरु, प्रमाण चाहियो, त्यस्तो प्रमाण कहाँ छ भनेर भनिरहेका छन्। कमिसन माग्न गएको प्रमाण हुन्छ? दुई वर्षदेखि सेयर निस्काशन किन रोकेर राखियो? त्यही हो प्रमाण। के प्रयोजनका लागि रोकेर राखेको हो? त्यही हो प्रमाण।’

जलविद्युत कम्पनीहरुको आईपीओ निस्काशन गर्न धितोपत्र बोर्ड अध्यक्षले कमिसन मागेको खुलासा पहिलो पटक नेपालखबरले गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad