कोरोना भाइरस ‘कोभिड १९’ का कारण स्पेनमा हालसम्मकै बढी संख्यामा मानिसहरुको ज्यान गएको छ।
गएको २४ घण्टामा स्पेनमा ९५० को मृत्यु भएको हो। यससँगै स्पेनमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३ पुगेको छ।
यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या १ लाख १० हजार २३८ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्पेन अमेरिका र इटलीपछि कोरोनाले सबैभन्दा बढी प्रभावित मुलुक हो।

प्रतिक्रिया