माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुममा लडेर घाइते भएका छन्।
खुमलटारस्थित निवासमा गएराति वाथरुममा लडेर उनी सामान्य घाइते भएका हुन्।
‘बाथरुममा लडेर उहाँ सामान्य घाइते हुनु भएको हो,’ प्रचण्डको सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘त्यस्तो ठूलो चोट केही लागेको छैन।’
घाइते भएपछि राति नै उपचारका लागि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो। अहिले भने प्रचण्ड निवासमै आराम गरिरहेका छन्।
1.1k
Shares

प्रतिक्रिया