दार्जिलिङमा एकै परिवारका चार जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको छ, जसमा एक बालिका पनि छिन्।
हाल उनीहरू सबैको उत्तर बंगाल मेडिकल कलेजमा उपचार भइरहेको छ।गएको सोमबार कोरोना संक्रमणका कारण ज्यान गुमाउने कालेबुङनिवासी महिलाको परिबारका चार जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।
कोरोनाको कारण मृत्यु भएकी महिलालाई उपचार गरिएको अस्पतालमै हाल चारै जनाको उपचार चलिरहेको छ।
उत्तर बंगाल मेडिकल कलेजका अधीक्षकका अनुसार चारैजनाको रिपोर्ट बुधवार अपराह्न कोरोना पोजिटिभ (कोरोना संक्रमण भएको) आएको हो।
‘चारैजनाको रिपोर्ट पोजिटिभ आए तापनि उनीहरूमा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन,’ उनले भने, ‘संक्रमित पाइएका परिवार कालेबुङनिवासी मृतक महिलाका सिलगढ़ीका परिवार हुन्।’
स्मरणरहोस्, संयुक्त परिवार रहेको महिलाका दुई परिवार छन्। एक कालेबुङमा बस्छन्। अर्का सिलगढ़ीमा।
पछिल्लो १९ मार्चका दिन चेन्नइबाट फर्केकी ती महिला त्यसदिन सिलगढ़ीकै परिवारसँग बसेकी थिइन्। त्यसपछि भोलिपल्ट उनी कालेबुङ फर्केकी थिइन्।
उत्तर बंगाल मेडिकल कलेजका अधीक्षकका अनुसार कालेबुङका परिवारको रिपोर्ट भने आउन बाँकी छ। सम्भवतः बिहीबार बेलुकीसम्म कालेबुङका परिवारको पनि रिपोर्ट आइपुग्ने उनले बताए।
Shares

प्रतिक्रिया