समाज


कोरोना संक्रमणका कारण एचआईभीको औषधि पत्ता लगाउने वैज्ञानिकको निधन

कोरोना संक्रमणका कारण एचआईभीको औषधि पत्ता लगाउने वैज्ञानिकको निधन

नेपालखबर
चैत २०, २०७६ बिहिबार २:१,

कोरोना भाइरसको संक्रमणका कारण विश्वविख्यात वैज्ञानिक गीता रामजीको निधन भएको छ।

एचआईभी संक्रमितको जीवन रक्षाका लागि अनुसन्धान गरिरेहकी रामजीको निधनले यो क्षेत्रमा अपूरणीय क्षति पुगेको युएनएड्सले जनाएको छ।

दक्षिण अफ्रिकी वैज्ञानिक रामजीको ६४ वर्षको उमेरमा मंगलबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमले जनाएका छन्।

एचआईभीको औषधि/उपचार पत्ता लगाउने अभियानमा उनको महत्वपूर्ण भूमिका छ।

पछिल्लो समय वैज्ञानकि रामजीले महिलालाई एचआईभीको संक्रमणबाट बचाउन तथा संक्रमितको उपचारमा पहुँच पुर्‍याउन आफ्नो अनुसन्धान केन्द्रित गरेकी थिइन्।

विश्वमा सबैभन्दा धेरै एचआईभी संक्रमित भएको देश दक्षिण अफ्रिका नै हो।

अहिले दक्षिण अफ्रिकामा कोरोना भाइरस फैलिन नदिन ३ हप्ताको लकडाउन गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad