समाज


कोरोना परीक्षण सेवा सातै प्रदेशमा, अब नमुना काठमाडौं ल्याउनुनपर्ने

कोरोना परीक्षण सेवा सातै प्रदेशमा, अब नमुना काठमाडौं ल्याउनुनपर्ने

नेपालखबर
चैत २०, २०७६ बिहिबार ०:४२,

सरकारले आज (बिहीबार) देखि कोरोना परीक्षण प्रयोगशाला देशका सातै प्रदेशमा सञ्चालन भएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धेरैजसो प्रदेशमा बुधबारै कोरोना परीक्षण सुरु भइसकेको र बाँकी प्रदेशमा आज (बिहीबार) यस्तो परीक्षण सुरु हुने जानकारी दिएको छ।

प्रदेश १ को धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै कोरोना परीक्षण भइरहेको छ। जहाँ १२ नमुना परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

उनका अनुसार पोखरामा पनि बुधबार कोरोना परीक्षण सुरु भएको छ। त्यहाँ अहिले ४ नमुना परीक्षण क्रममा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

यस्तै हेटौंडामा पनि प्रयोगशालाका उपकरण तथा जनशक्ति व्यवस्था भइसकेकाले बिहीबारदेखि कोरोना परीक्षण सेवा सञ्चालनमा आउने उनले बताए।

प्रदेश २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नम्बर ५ को बुटवलमा पनि बिहीबार कोरोना परीक्षण सुरु हुने उनले जानकारी दिए ।

प्रयोगशाला सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा उपकरणसहित जनशक्ति खटाइसकेको जनाएको छ।

यसअघि कोरोना परीक्षण काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुन्थ्यो।

जसले गर्दा काठमाडौं उपत्यकाबाहिरका अस्पतालले पनि कोरोना शंका लागेका बिरामीको नुमना (थुक/र्‍याल) परीक्षणका लागि टेकु प्रयोेगशालामा पठाउँथे। अबदेखि त्यो बाध्यता हट्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad