छापा खबर


कोरोना परीक्षण गर्ने किटको आविष्कारले भारतीयमा जाग्यो आशा

कोरोना परीक्षण गर्ने किटको आविष्कारले भारतीयमा जाग्यो आशा

नेपालखबर
चैत २०, २०७६ बिहिबार ०:२१,

कोरोना भाइरसको महामारीका कारण अहिले सम्पूर्ण विश्व नै संकटमा छ। विश्वका सबै देश भाइरसबाट कुनै न कुनै रुपमा प्रभावित छन्।

संक्रमण विस्तारसँगै यसको परीक्षण गर्ने किटको विकास गर्ने अभ्यास सुरु भएको छ।

भाइरसको परीक्षणलाई तीब्रता नदिएको चौतर्फी गुनासो बढिरहेको बेला भारतकी एक भाइरसविज्ञको नेतृत्वमा रहेको समूहले कोरोना परीक्षणको किट विकास गरेको विवरण यसै साता सार्वजनिक भएको थियो।

भाइरसविद् मिनल दखावे भोस्ले नेतृत्वको समूहले पाथो डिटेक्ट नामक परीक्षण किट तयार गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

६ साताको अथक प्रयासपछि उनीहरु किट बनाउन सफल भएका थिए। किटको विकाससँगै कोरोना नियन्त्रणमा आम भारतीयमा केही आशाको किरण जगाएको छ।

पछिल्लो समय छिमेकी मुलुक भारतमा संक्रमितको संख्या बढिरहेको छ।

नयाँ आविस्कार गरिएको प्रत्येक किटले कोरोनाका एक सयवटा नमूना परीक्षण गर्न सक्छ।

किटले मानिसहमा कोभिड १९ भए नभएको पुष्टी गर्ने र परीक्षणको दर बढाउने आशा गरिएको छ।

एउटा किटको मूल्य १२ सय भारु तोकिएको छ। जब कि भारतले बाहिरबाट आयात गरेको किटको मूल्य ४५ सय भारु पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad