छापा खबर


गाउँमा कोरोना नभित्रियोस् भनेर नाकामा पहरा दिन्छन् लिमीवासी

गाउँमा कोरोना नभित्रियोस् भनेर नाकामा पहरा दिन्छन् लिमीवासी

नेपालखबर
चैत २०, २०७६ बिहिबार ०:४३,

हिमाल पारिको गाउँ लिमीका बासिन्दाले कोरोना भाइरस (कोभिड-१९)को सन्त्रासबाट पूरै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराएका छन्।

अहिलेको आधुनिक सञ्चार प्रविधिको युगमा पनि नाम्खा गाउँपालिकाको लिमी गाउँ यो प्रविधिको पहुँचमा छैन।

देशमा जारी लकडाउनबारे काठमाडौँमा बसेका आफन्तको फोनबाट जानकारी पाएपछि गाउँ आउने सबै नाका बन्द गरिएको नाम्खा गाउँपालिकाका जनप्रतिनिधिले जानकारी दिएका खबर आजको गोरखापत्र दैनिकमा सिमकोटबाट राजन राउतले लेखेका छन्।

केही समयअघि वल्र्डलिङ्कको इन्टरनेट सेवाले काम गर्दा देश विदेशको खबर सहजै थाहा पाउने लिमीका बासिन्दा अहिले इन्टरनेट सेवा अवरुद्ध हुँदा सञ्चारविहीन अवस्थामा छन्।

लकडाउन भएको पाँचौँ दिनमा मात्र थाहा पाएको बताउँदै नाम्खा गाउँपालिका ६ का अध्यक्ष पाल्जोर तामाङले काठमाडौंँबाट आफन्तको फोन नआएको भए लकडाउनबारे थाहा नहुने बताए।

उनले लिमीमा भारततर्फ व्यापार व्यवसाय गर्न गएका, काठमाडौँमा रहेका र चीनको ताक्लाकोटतर्फ काम गर्न गएका व्यक्ति भित्रिन सक्ने भन्दै नाका बन्द गर्नुपरेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad