ad ad

राजनीति


सुदूरपश्चिम प्रदेश सरकारद्वारा कोरोना नियन्त्रण कोषमा ४० करोड जम्मा

सुदूरपश्चिम प्रदेश सरकारद्वारा कोरोना नियन्त्रण कोषमा ४० करोड जम्मा

नेपालखबर
चैत १९, २०७६ बुधबार १५:३०,

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर स्थापना गरिएको कोरोना भाइरसको जोखिम, नियन्त्रण, उपचार तथा व्यवस्थापन कोषमा रु ४० करोड २७ लाख १६ हजार ५५१ जम्मा भएको छ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराका अनुसार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि धनगढीस्थित राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको ‘कोरोना भाइरस कन्ट्रोल एण्ड ट्रिटमेन्ट’ नामको खातामा प्रदेश सरकारका तर्फबाट रु ४० करोड जम्मा भएको छ।

यसैगरी कोषमा सिद्धार्थ बैंक लिमिटेडले रु १० लाख, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडलेले रु पाँच÷पाँच लाख, सिटिजन्स बैंकले रु सात लाख र धनगढीका अन्य आठ जना व्यक्तिबाट रु १६ हजार ५५१ रकम सहयोग गरेको मन्त्री बोहराले बताए। यस्तै कुमारी बैंक लिमिटेडले रु १० लाख र गरिमा विकास बैंक लिमिटेडले रु पाँच लाख सहयोग गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ।

उनले भने, ‘केही बैंक तथा वित्तीय संस्थाले समेत सहयोग गर्ने घोषणा गरेका छन्।’

मन्त्री बोहराले आवश्यकता परेको अवस्थामा प्रदेश सरकारले अन्य बजेटबाट रकमान्तरण गरेर पनि बजेटको यथेष्ट व्यवस्था गर्ने बताए। उनले वित्तीय स्रोत चाहिने प्रदान गर्नका लागि प्रदेश सरकार सम्बेदनशील रहेको उल्लेख गरे।

मन्त्री बोहराले भने, ‘यसरी रकमान्तरण गरेर पनि अपुग हुने अवस्था आएमा प्रदेश सरकारले पूरक बजेट आम सहमतिबाट प्रदेशसभामा स्वीकृतको लागि पेश गरी आवश्यक वित्तीय स्रोतको व्यवस्था गर्न सक्नेछ।’

यस्तै विपन्न र ज्यालादारी मजदुरीबाट रोजगारी गुमेका वर्गलाई उचित र आवश्यक राहत छिट्टै प्रदान गरिने उनले बताए। यसका लागि ८८ वटै स्थानीय तह, जिल्ला समन्वयका प्रमुख, प्रमुख जिल्ला अधिकारलाई तीन दिनभित्र तथ्याङ्क उपलब्ध गराई सहयोग गर्न पत्राचार गरिसकेको मन्त्री बोहराको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .