समाज


नेपाली राहदानी विश्वकै कमजोर राहदानीको सूचीमा

नेपाली राहदानी विश्वकै कमजोर राहदानीको सूचीमा

नेपालखबर
असार २१, २०७६ शनिबार ६:४९,

सन् २०१९ को पहिलो ६ महिनामा जापान र सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली पासपोर्टको रुपमा देखिएको छ। त्यस्तै फिनल्यान्ड, दक्षिण कोरिया र जर्मनीको पासपोर्ट शक्तिशाली पासपोर्टको दोस्रो सूचीमा परेको छन्।

सूचकांकका अनुसार जापान र सिंगापुरको पासपोर्ट भएका मानिसले १ सय ८९ देशमा भ्रमण गर्न सक्छन्। यसैगरी सूचकांकले कमजोर पासपोर्ट भएका देशको सूची पनि निकालेको छ।

यसमा नेपाल, पाकिस्तान इराक लगायतका देश परेका छन्।

शक्तिशाली पासपोर्ट भएका देश

१. जापान र सिंगापुर (१८९ देश)

२. फिनल्याण्ड, जर्मनी, दक्षिण कोरिया (१८७ देश)

३. डेनमार्क, इटाली, लक्जेमबर्ग (१८६ देश)

४. फ्रान्स, स्पेन, स्वीडेन (१८५ देश)

५. अस्ट्रिया, नेदरल्यान्ड्स, पोर्चुगल, स्वीजरल्यान्ड (१८४ देश)

६. बेल्जियम, क्यानडा, ग्रीस, आयरल्यान्ड, नर्वे, वेलायत, अमेरिका (१८३ देश)

७. माल्टा (१८२ देश)

८. चेक रिपब्लिक (१८१ देश)

९. अस्ट्रेलिया, आइसल्यान्ड, लिथुनिया, न्युजिल्यान्ड (१८० देश)

१०. लाटभिया, स्लोभाकिा, स्लोभेनिया (१७९ देश)

कमजोर पासपोर्ट भएका देश

१. बंगलादेश, इरिट्र, इरान, लेबनान, उत्तर कोरिया (३९ देश)

२. नेपाल (३८ देश)

३. लिबिया, प्लोस्टाइन, सुडान (३७ देश)

४. यमन (३३ देश)

५. सोमालिया (३१ देश)

६. पाकिस्तान (३० देश)

७. सिरिया (२९ देश)

८. इराक (२७ देश)

९. अफगानिस्तान (२५ देश)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad