पोग्बाका एजेन्ट मिनो राइओलाले द टाइम्ससँगको कुराकानीमा पोग्बाले युनाइटेड छाड्ने धारणा राखेको बताएका हुन्।
फ्रान्सेली विश्वकप विजेता पोग्बा हाल २६ वर्षका भए। उनी प्रि–सिजनको अभ्यासमा युनाइटेड फर्किएका छैनन्। यसले उनको युनाइटेड भविष्य धेरै छैन भन्ने संकेत गरिरहेको छ।
गत महिना मात्र पोग्बाले भनेका थिए,‘यो नयाँ चुनौती खोज्ने गतिलो समय हुनसक्छ।’
‘क्लबका सबैले, म्यानेजरदेखि मालिकले पोग्बाको चाहनाबारे थाहा पाएका छन्।’ पोग्बाका एजेन्ट राइओलाले द टाइम्ससँग भने,‘पोग्बा युनाइटेड छाड्न चाहन्छन्। हामी यसको प्रक्रियामा पुगेका छौं।’
युनाइटेडमा पोग्बाको सम्झौता सन् २०२१ सम्मको लागि छ।

प्रतिक्रिया