समाज


नेपालका कुन-कुन अस्पतालमा हुन्छ कोरोना उपचार? (सूचीसहित)

नेपालका कुन-कुन अस्पतालमा हुन्छ कोरोना उपचार? (सूचीसहित)

नेपालखबर
चैत १९, २०७६ बुधबार १०:२३,

सरकारले कोरोना भाइरस संक्रमण उपचारका लागि सातै प्रदेशमा अस्पतालको व्यवस्था गरेको छ।

सात प्रदेशका कुन कुन अस्पतालमा कोरोना संक्रमणसम्बन्धी उपचार हुन्छ भन्नेबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूची सार्वजनिक गरेको छ।

जसअनुसार काठमाडौं उपत्यकामा शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पतालमा कोरोनासम्बन्धी उपचार हुनेछ।

यसैगरी प्रदेशपिच्छे यी अस्पतालमा हुनेछ कोरोना संक्रमणको उपचारः
प्रदेश नम्बर १:  मेची अस्पताल र उदयपुर अस्पताल

प्रदेश नम्बर २:  जनकपुर अस्पताल र बारा अस्पताल

बागमती प्रदेश:  भक्तपुर अस्पताल र सिन्धुली अस्पताल

गण्डकी प्रदेश:  धौलागिरी अस्पताल र गोरखा अस्पताल

प्रदेश नम्बर ५:  लुम्बिनी अस्पताल र तम्घास अस्पताल

कर्णाली प्रदेश:  सुर्खेत अस्पताल र दैलेख अस्पताल

सुदूरपश्चिम प्रदेश:  सेती अस्पताल र महाकाली अस्पताल

यस्तै सातै प्रदेशका प्रदेशस्तरीय ६३ वटा अस्पतालबाट पनि काेराेनासम्बन्धी उपचार सेवा लिन सकिने मन्त्रालयले जानकारी दिएकाे छ। 

जसअनुसार प्रदेश १ मा जिल्ला स्तरीय अस्पताल १३ वटा,  प्रदेश २ मा ५ वटा, बागमती प्रदेशमा १० वटा, गण्डकी प्रदेशमा १० वटा,  प्रदेश नम्बर ५ मा ९ वटा, कर्णाली प्रदेशमा ८ वटा, सुदुरपश्चिम प्रदेशमा ८ वटा अस्पताल छन्।

यसैगरी बीपी कोइराला विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स चितवन, गण्डकी मेडिकल कलेज पोखरा, जानकी मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज, किस्ट मेडिकल कलेजबाट काेराेना संक्रमण सम्बन्धी उपचार लिन सकिने मन्त्रालयकाे सूचीमा उल्लेख गरिरएकाे छ। 

यस्तै धुलिखेल अस्पताल, लुम्बिनी मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज, नोबल मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल, युनिभर्सल मेडिकल कलेज, मणिपाल मेडिकल कलेज, नेसनल मेडिकल कलेजबाट पनि याे सेवा लिन सकिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ। 

हेर्नुहाेस्, स्वास्थ्य मन्त्रायलले बुधबार सार्वजनिक गरेकाे काेराेना उपचार गर्ने अस्पतालकाे सूची:

health1

helth2

health3

health4

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad