कोरोना भाइरस नियन्त्रणमा सहयोग पुर्याउन प्रयोग हुने स्वास्थ्य सामग्री बोकेर रुसी बिमान अमेरिका उडेको छ।
बुधबार बिहानै मस्कोबाट रुसी सैन्य कार्गो बिमान अमेरिका प्रस्थान गरेको रुसको सरकारी टेलिभिजन रसिया रोसिया २४ च्यानलले जानकारी दिएको छ।
कार्गो बिमानमा मास्क, पीपीइ लगायतका स्वास्थ्य सामग्री भएको बताइएको छ।
अमेरिका हाल विश्वमा कोरोनाले सबैभन्दा बढी ग्रस्त क्षेत्र हो। सोमबार टेलिफोन वार्ताका क्रममा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो देशले अमेरिकालाई सहयोग गर्न इच्छुक भएको बताएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनको प्रस्तावलाई स्वीकार गरेको बताइएको छ। रुस सरकारको प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पले सहयोगको प्रस्ताव स्वीकार गरेको बताएका थिए। रोयटर्स

प्रतिक्रिया