समाज


एक बालक र ७ माओवादी नेताको हत्या गर्ने कपिलवस्तुका नसिम खान पक्राउ

एक बालक र ७ माओवादी नेताको हत्या गर्ने कपिलवस्तुका नसिम खान पक्राउ

दीपक खरेल
असार २१, २०७६ शनिबार ६:८,

एक बालकसहित आठ जनाको जघन्य हत्या गरेर फरार रहँदै आएका कपिलवस्तुका नसिम खान पक्राउ परेका छन्।

२०७४ फागुन ३ मा मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरी फरार रहेका खानलाई कपिलबस्तु प्रहरीको सहयोगमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार राति पक्राउ गरेको हो। ब्युरोका एसपी दीपक रेग्मीले नसिम पक्राउ परेको पुष्टि गरेका छन्।

खानले आयमानको २०७४ फागुन ३ मा अपहरण गरेका थिए। उनको शव प्रहरीले अपहरणको तीन दिनपछि खानको घर पछाडि फेला पारेको थियो। आयमान मायादेवी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष फत्ते मोहम्मदका छोरा हुन्।

वडाध्यक्ष मोहम्मदले पोखरी निर्माणको ठेक्का नदिएकोले नसिम र फौजियाले बदला लिन बालकको हत्या गरेको परिवारको आरोप छ।

emann ko motherहत्या गरिएका बालक आयमानकी शोकाकुल आमाः फाइल फोटो

घटना लगत्तै परिवारका सदस्यले नसिम र उनकी श्रीमती फौजिया नसिमबिरूद्व किटानी जाहेरी दिएका थिए। प्रहरीमा किटानी जाहेरी परेपछि उनी भारतको सीमावर्ती सहर अलिगढवामा बस्दै आएका थिए।

नसिमविरूद्व २०६३ यता सात वटा अन्य हत्याका मुद्दा पनि दर्ता रहेका छन्।खानमाथि तत्कालीन माओवादीका जिल्लास्तरीय नेताहरु राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोबी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलगायतको हत्या अभियोग लागेको छ।

नसिम कपिलवस्तुका मोस्ट वान्टेड हुन्। उनीविरूद्व जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हत्या, अपहरण र डकैतीका एक दर्जन मुद्दा दर्ता छन्। उनी पैसा र पावरका आडमा अर्धभूमिगत बस्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .