समाज


म्यानमारको भूकम्पका घाइतेलाई डा गोविन्द केसीले गरे उपचार

म्यानमारको भूकम्पका घाइतेलाई डा गोविन्द केसीले गरे उपचार

नेपालखबर
बैशाख १५, २०८२ सोमबार १५:३५, काठमाडौँ

वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीले म्यान्मारमा गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचार गरेका छन्।

हाडजोर्नी विशेषज्ञ डा. केसी भूकम्पलगत्तै घाइतेको उपचारका लागि स्वयम्सेवकको रुपमा म्यान्मार गएका थिए।

यही २०२५ मार्च २८ तारिखका दिन म्यानमारमा गएको ७.७ म्याग्निच्युडको प्रलयकारी भूकम्पबाट क्षतिग्रस्त शहर माण्डलेमा घाइते व्यक्तिहरूको डा केसीले आफ्नै खर्चमा उपचार गरेका हुन्।

उक्त भूकम्पमा परी छ हजार जनाको मृत्यु भएको थियो भने एघार हजार जना घाइते छन्। डा. केसीले घाइतेको शल्यक्रियासहित ओपिडी सेवा सञ्चालन गर्नुका साथै स्नातकोत्तर तथा स्नातक तहका मेडिकल विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए।

यसअघि सन् २००८ मा म्यानमारमा गएको समुद्री आँधीबेरी ‘साइक्लोन नर्गिस’ले धनजनको ठूलो क्षति पुर्‍याएको बेला पनि डा. केसीले म्यानमारमा घाइतेको उपचार गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad