समाज


चट्याङले कोसी प्रदेशमा व्यापक क्षति,  दुई दर्जनभन्दा बढी चौपाया मरे

चट्याङले कोसी प्रदेशमा व्यापक क्षति,  दुई दर्जनभन्दा बढी चौपाया मरे

प्रतिकात्मक तस्बिर


सुमन सुस्केरा
बैशाख १५, २०८२ सोमबार १५:५०, विराटनगर

कोसी प्रदेशको सङ्खुवासभा, झापा भोजपुर, तेह्रथुम र उदयपुरका विभिन्न स्थानमा चट्याङ लागेर दुई दर्जन बढी चौपाया मरेका छन्।  

सङ्खुवासभाको मकालु गाउँपालिका-३ मा चट्याङले लागेर १२ वटा भैँसी, ४ वटा गाई र १ वटा गोरुको मृत्यु भएको छ। वर्षासँगै परेको चट्याङले लागेर चरनमा चरिरहेको अवस्थामा स्थानीय पुष्पलाल भण्डारीको ८ वटा भैँसी, एउटा गाई, प्रेम प्रसाद भण्डारीको ४ वटा भैँसी, २ वटा गाई र कृष्ण राईको एउटा गाई र एउटा गोरुको मृत्यु भएको हो।  

यस्तै आज बिहान झापाको हल्दिबारी  गाउँपालिका–२ का जयराम मुर्मुको गोठमा चट्याङ पर्दा गाई २ वटा, बाछी १ वटा,  बाख्रा १ र पाठो १ को मृत्यु भएको प्रहरीले जनाएको छ। भोजपुरमा चट्याङ लाग्दा आम चोक गाउँपालिका-३ का हरी सुवेदीको गोठमा भैँसी र पाडो मरेका छन्।

तेह्रथुमको लालीगुराँस नगरपालिका-५ कि गीता कार्कीको ढुंगा माटोको  ३ तल्ले घरमा चट्याङ पर्दा भित्ता चर्किएको र घरको भित्र रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा पूर्ण रूपमा जली नष्ट भएको तथा खोरमा रहेका २ वटा बाख्राको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

उदयपुरको रौतामाई गाउँपालिका-५ का चक्रबहादुर राईको घरमा हावाहुरीसँगै परेको चट्याङले लागेर ढुंगा माटो टिनको छानो भएको २ तले घर र घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडा वर्तन र एउटा सुँगुर जलेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad