भारतका विभिन्न स्थानबाट आएका ६ जनालाई पक्राउ गरी क्वारेन्टिनमा राखिएको छ।
हालै भारतबाट आएका सप्तरीका ६ जनालाई सप्तरीका प्रहरी प्रमुखसहित गएको टोलीले बुधबार पक्राउ गरी राजविराजस्थित क्वारेन्टिनमा राखेको हो।
भारतबाट आएकाहरु गाउँमा रहेको सूचनाका आधारमा आफूहरु गएर पक्राउ गरी ल्याएर क्वारेन्टिनमा राखेको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले जानकारी दिए।
उनीहरु भारतको नयाँ दिल्लीमा आयोजित धार्मिक सभामा सहभागी भएर फर्किएको स्थानीयले आरोप लगाए पनि एसपी प्रसाईंले भने त्यसको पुष्टि नभएको बताए।
‘उनीहरु दिल्लीबाटै आएको भन्ने कुरा फिक्स छैन। भारतको विभिन्न स्थानबाट आएका हुन्। ६ जनालाई आजै पक्राउ गरि राजविराजको क्वारेन्टाइनमा राखिएको छ’, एसपी प्रसाईंले नेपालखबरसँग भने।
क्वारेन्टिनमा लगिएकामध्ये ३ जना स्थानीय व्यापारी भएको र उनीहरु राजविराज नगरपालिका ४ स्थित मिनी मार्केट नजिकै घर भएका व्यारी भएको बताइएको छ। अन्य तीन जना भने सर्वसाधरण रहेको बताइएको छ।

प्रतिक्रिया