कारोबार


चेम्बर जिल्ला शाखाले गरे नगद सहयोग र मास्क हस्तान्तरण

चेम्बर जिल्ला शाखाले गरे नगद सहयोग र मास्क हस्तान्तरण

नेपालखबर
चैत १९, २०७६ बुधबार ८:५४,

नेपाल चेम्बर अफ कमर्सका विभिन्न जिल्ला शाखाहरुले कारोना भाइरस (कोभिड–१९) रोकथामको लागि नगद तथा मास्क हस्तान्तरण गरेका छन्।

अर्घाखाँची चेम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालयलाई ३ हजार थान सर्जिकल माक्स हस्तान्तरण गरेको छ। यो मास्क अत्यावश्यक क्षेत्रमा प्रयोग गरिनेछ।

त्यस्तै, सुन्दर बजार चेम्बर अफ कमर्स लमजुङले २ हजार थान सर्जिकल मास्क वितरण गरेको छ। सुन्दर बजार चेम्बर अफ कमर्स सुन्दर बजारले सुन्दर बजार नगरपालिका, नेपाल पत्रकार महासंघ लमजुङ सुन्दर बजार अस्पताल, नमूना सामुदायिक अस्पताल, इलाका प्रहरी कार्यालय भोटेवडार, इलाका प्रहरी कार्यलय सुन्दर बजार, भोटेवडार शहरी स्वस्थ्य क्लिनिक, सर्वोदय सेवा आश्रम, मानव सेवा आश्रम बेसिसहर, १२ वटा निजी क्लिनिकहरुलाई निःशुल्क सर्जिकल मास्क वितरण गरेको जनाएको छ।

बाँके चेम्बर अफ कमर्सबाट उपभोग्य सामग्री सहज तवरले उपलब्ध गराउन सुपथ पसल सञ्चालन गरेको छ। घोराही चेम्बर अफ कमर्सले मास्क वितरण गर्ने कार्यक्रम तय गरेको छ। दोलखा चेम्बर अफ कमर्सले पनि मास्क वितरण कार्य गरेको जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad