समाज


आवासीय चिकित्सकको तलब बढाउन लाखौँ बिरामीलाई सताउन मिल्दैन: डा अनुप सुवेदी

आवासीय चिकित्सकको तलब बढाउन लाखौँ बिरामीलाई सताउन मिल्दैन: डा अनुप सुवेदी

फाइल तस्बिर


नेपालखबर
बैशाख १४, २०८२ आइतबार १२:२७, काठमाडौँ

संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले लाखौँ बिरामीलाई सताएर आवासीय चिकित्सकको माग पूरा गर्ने चिकित्सकहरूको शैलीप्रति असहमति राखेका छन्।

नेपाल चिकित्सक संघको आह्वानमा आकस्मिक र सघन उपचारबाहेक सबै सेवा बहिष्कार गरिरहेका चिकित्सकहरूलाई लक्षित गरी उनले आफ्नो पेसागत धर्मको दायरा स्मरण गर्न आग्रह पनि गरेका छन्।

डा सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उपायबारे सोच्नुभन्दा पहिले कम्तीमा आफ्ना लक्ष्मण रेखा (रेड लाइन्स) बारे त स्पष्ट हुनुपर्‍यो, जुन किमार्थ नाघिने छैन। रेजिडेन्टको तलब बढाउनकै लागि कम्तीमा डाक्टरहरूले लाखौं बिरामीलाई सताउने काम गर्नै मिल्दैन भन्ने त स्पष्ट हुनुपर्‍यो। विशेष गरी फर्स्ट डु नट हार्म भन्ने मन्त्र जप्नेले।’

स्नातकोत्तर तह (पीजी) विद्यार्थी (आवासीय चिकित्सक) लाई निजी मेडिकल कलेजले दिनुपर्ने तलब नदिएकोमा विरोध गरी दबाब दिनुपर्ने भए पनि डाक्टरकै संगठनले लाखौं सन्तप्त सेवाग्राहीलाई अपरिमेय शारीरिक मनोसामाजिक पीडा दिने, कतिको ज्यान जोखिममा पार्ने कदम यति सामान्य बनाउनु कहालीलाग्दो सामाजिक नैतिक पतनको प्रतिनिधि दृष्टान्त भनी उनले टिप्पणी पनि गरेका छन्।

साथै उनले प्रश्न गरेका छन्, ‘यदि अहिलेको दबाबले माग पूरा भएन भने के भोलि इमर्जेन्सी पनि बन्द गर्ने हो?’

निजी मेडिकल कलेजहरूका आवासीय चिकित्सकहरू नेपाल सरकारले तोकेको स्वास्थ्य सेवाको आठौँ तहको अधिकृत सरहको निर्वाह भत्ताका लागि लामो समयदेखि संघर्षरत छन्। निजी मेडिकल कलेजका सञ्चालकहरू प्रधानमन्त्रीले अध्यक्षता गर्ने चिकित्सा शिक्षा आयोगको निर्णयसमेत नमानी अटेरी गरिरहेका छन्।

चिकित्सक संघले आवासीय चिकित्सकको समर्थनमा सेवा बन्दको निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad