समाज


गोरखामा १०औँ भूकम्प स्मृति सभा

गोरखामा १०औँ भूकम्प स्मृति सभा

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १२:३४, काठमाडौँ

गोरखाको बारपाकमा १० औँ भूकम्प स्मृति दिवस समारोह सुरु भएको छ। 

बारपाक–सुलिकोट गाउँपालिकाले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन्। 

समारोहको शुभारम्भमा भूकम्पले विभत्स क्षति पुर्‍याएको ठिक ११स्५६ बजे मौन धारणा गरियो। भूकम्पमा ज्यान गुमाएका सबैको सम्झनामा उपस्थित सबैले एकसाथ मौन गरे।

त्यसअघि अध्यक्ष प्रचण्डले ‘क्षति र पुनर्निर्माण’ झल्काउने फोटो प्रदर्शनी उद्घाटन गरी ती तस्वीरहरू अवलोकन गरे। 

प्रदर्शनीमा २०७२ साल वैशाख १२ गतेको भूकम्पले पुर्‍याएको विनाश, राहत कार्य, अस्थायी आवास तथा दीगो पुनर्निर्माणका पहलहरू समेटिएका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित उपस्थि समारोहलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad