समाज


राशिफल १३ वैशाख : सिंहले सेतो रङको पहिरन लगाउँदा चुनौतीबाट पार पाउने, तपाईँको के?

राशिफल १३ वैशाख : सिंहले सेतो रङको पहिरन लगाउँदा चुनौतीबाट पार पाउने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख १३, २०८२ शनिबार ४:३१, काठमाडौँ

आज शनिबार, १३ वैशाख २०८२ (२६ अप्रिल २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। स्वास्थ्यमा समस्या आउने र औषधि उपचारमा खर्च बढ्न सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिई कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

वृष : महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा खासै प्रगति गर्न नसकिने देखिन्छ। तर सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। साँझमा मनमा हर्ष, उमङ्ग र उत्साह छाउला।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५४, वैदेशिक कार्यमा ३९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : आकस्मिक धनलाभ हुनेछ। रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। दिनको उत्तरार्ध सुखद रहनेछ। स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुन सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिई कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट : शुभ समाचार सुन्न पाइएला। नयाँ काम सुरु गर्ने समय आएको छ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिन्छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

सिंह : काममा प्रतिस्पर्धा र चुनौतीको सामना गर्नुपर्ला। सानातिना समस्यामा अल्झनुपर्नेछ। धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछन्। विगतका समस्या बल्झिन सक्छन्।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिई कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। कुनै कुराले मनमा शान्ति छाउला। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। गरेका काममा ढिलासुस्ती हुन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तनाव नलिने।

तुला : अरूलाई प्रभावित पारेर काम बन्नेछ। नयाँ कार्यको योजना बन्नेछ। नयाँ काम सुरु गर्ने समय आएको छ। रोकिएका काम पनि सुरु हुनेछन्। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाई कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक : अधुरो कार्यले पूर्णता पाउनेछ। कर्मप्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। व्यावसायिक कामबाट सामान्य फाइदा उठाउन सकिनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : सुखदुःख बराबरी रहने खालको समय छ। विगतका समस्या बल्झिन सक्छन्। बलले भन्दा बुद्धिले काम गर्दा सकारात्मक परिणाम निस्कनेछ। बेलुकीपख पारिवारिक जमघटमा मन रमाउनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४४, वैदेशिक कार्यमा ४३ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिई कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : धनार्जनका नयाँ स्रोत निस्कनेछन्। प्राविधिक काममा सफलता प्राप्त हुनेछ। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुख प्राप्त हुनेछ। धर्म, संस्कृति, कला तथा साहित्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कुम्भ : धन हात पर्न सक्छ। रमणीय र सुखद यात्राको योग छ। स्थानान्तरणको सम्भावना छ। पारिवारिक भेटघाटमा व्यस्त भइएला। घरमा अतिथिको आगमन हुनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ४९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाई कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : लक्ष्मी प्रसन्न हुने योग छ। घरमा अतिथिको आगमन हुनेछ। मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। धार्मिक यात्रा हुन सक्छ। परीक्षामा उत्तीर्ण भइएला। प्रेमीको साथ र सहयोग मिल्नेछ। खानपिनमा सावधानी अपनाउनु पर्ने देखिन्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad