राजनीति


आज संसद्को बर्खे अधिवेशन सुरु हुने दिन प्रचण्ड अनुपस्थित हुने

आज संसद्को बर्खे अधिवेशन सुरु हुने दिन प्रचण्ड अनुपस्थित हुने

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १२:०, काठमाडौँ

आज वैशाख १२ गते संसद्को बर्खे अधिवेशन सुरु गरिँदै छ। 

संसद् सचिवालयका अनुसार शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आज संसद्‌मा अनुपस्थित हुने भएका छन्।

किनकि पूर्वप्रधानमन्त्री प्रचण्ड यतिबेला गोरखाको बारपाकमा छन्। 

बिहीबार पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेताका साथमा गोरखा पुगेका प्रचण्ड आज बारपाक सुलीकोट गाउँपालिकाले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुने भएका हुन्। 

२०७२ साल आजकै दिन अर्थात् वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर भूकम्पको स्मृतिमा गाउँपालिकाले आज कार्यक्रम गर्न लागेको हो।‍

सोही कार्यक्रममा व्यस्त हुने भएकाले माओवादी अध्यक्ष आज सुरु हुने संसद्‌को बर्खे अधिवेशनमा उपस्थित हुन नसक्ने भएका हुन्।

संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य गरिएको थियो। 

बर्खे अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि बुझिन्छ। तर, यो अधिवेशनमा विद्यालय शिक्षा विधेयक र संघीय निजामती विधेयक पारित गर्नैपर्ने दबाबमा सरकार छ। 

शिक्षा विधेयक तत्काल ल्याउनु पर्नेसहितका माग राखेर शिक्षकहरु विगत २३ दिनदेखि  आन्दोलनमा छन्। यस्तै कर्मचारीहरुले पनि निजामती विधेयक चाँडो पारित गर्नुपर्ने दबाब दिँदै आएका छन्। 

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन्। 

यही वैशाख १९ गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्री बजेट’ छलफल वैशाख २८ देखि गर्ने तयारी छ। बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल हुने कानुनी प्रावधान छ।

संसद्का दुवै सदनमा गरी २० भन्दा बढी विधेयक विचाराधीन अवस्थामा छन्। अघिल्लो अधिवेशनमा नौवटा विधेयक पारित भएका थिए। 

आजको सम्भावित कार्यसूची यस्तो छ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad